मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपालमा नोटबन्दी हुन लागेको हो?

नेपालमा नोटबन्दी हुन लागेको हो?

images
२०८३ भाद्र ५ गते, शुक्रवार
२०८३ भाद्र ५ गते, शुक्रवार
  • काठमाडौँ। नेपालमा नोटबन्दी हुने हल्ला चलिरहेका बेला नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन्।

    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' संवाद कार्यक्रममा बोल्दै उनले सो बारे प्रष्ट पारे।

    images

    छलफलमा सहभागी नागरिकहरूले 'नोटबन्दी किन नगर्ने?' भनी प्रश्न गरेपछि उनले सरकारको धारणा स्पष्ट पारेका हुन्।

    "नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ," उनले भने।

    यो अभ्यास गरेका अन्य मुलुकहरूमा पनि नोटबन्दीको सफलता राम्रो नदेखिएको उनको भनाइ छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend