मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परिक्षणमा ४३ प्रतिशतसम्म छुट

ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परिक्षणमा ४३ प्रतिशतसम्म छुट

images
२०८३ भाद्र ४ गते, बिहिवार
२०८३ भाद्र ४ गते, बिहिवार
  • काठमाडौँ। नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलले विशेष ‘तीज हेल्थ प्याकेज’ सार्वजनिक गरेको छ।
     
    ‘संस्कार, संस्कृति र स्वास्थ्य सँगसँगै’ भन्ने नाराका साथ अस्पतालले महिलाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै ४३ प्रतिशत छुटसहितको प्याकेज ल्याएको हो।
     
    अस्पतालका अनुसार स्वस्थ नारी नै सुखी परिवारको आधार भएकोले तीजको अवसरमा महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउन यो योजना ल्याइएको हो।
     
    उक्त प्याकेज अन्तर्गत अस्पतालले दुई प्रकारका सुविधाहरु उपलब्ध गराएको छ। पहिलो सुविधा अन्तर्गत ९,४०० रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण मात्र ५,४०० रुपैयाँमा उपलब्ध हुनेछ।
     
    उक्त सुविधाअन्तर्गत स्त्री रोग विशेषज्ञसँगको परामर्श, सुगर, युरिया, क्रिटिनाइन, कलेजो जाँच, थाइराइड, पिसाब परीक्षण, रगत परीक्षण, पाठेघरको मुखको क्यान्सर जाँच र पेट तथा तल्लो पेटको भिडियो एक्सरे समावेश गरिएको छ।
     
    त्यस्तै, दोस्रो सुविधाअन्तर्गत १३,५८० रुपैयाँ बराबरको सेवा ७,८०० रुपैयाँमा प्रदान गरिनेछ। यस सुविधाअन्तर्गत स्त्री रोग विशेषज्ञसँगको परामर्श, सुगर, युरिया, क्रिटिनाइन, कलेजो जाँच, थाइराइड, पिसाब परीक्षण, रगत परीक्षण, पाठेघरको मुखको क्यान्सर जाँच र पेट तथा तल्लो पेटको भिडियो एक्सरेका साथै एचपिभी परीक्षणको सुविधा थप गरिएको अस्पतालले जनाएको छ।

    उक्त प्याकेज लिने विरामीले अन्य अतिरिक्त ल्याब परीक्षणमा १० प्रतिशत छुट प्राप्त गर्ने अस्पतालले जनाएको छ। अस्पतालको यो विशेष अफर आगामी २०८३ भदौ ३१ गतेसम्म लागू हुने छ।

    images

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend