मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विश्व लामखुट्टे दिवस : नेपालमा छन् १६८ लामखुट्टेका प्रजाति, यी रोगको जोखिम

विश्व लामखुट्टे दिवस : नेपालमा छन् १६८ लामखुट्टेका प्रजाति, यी रोगको जोखिम

images
२०८३ भाद्र ४ गते, बिहिवार
२०८३ भाद्र ४ गते, बिहिवार
  • काठमाडौँ। आज अगस्त -२० अर्थात यो दिनलाई विश्व लामखुट्टे दिवसका रुपमा विश्वभर मनाइँदै आइएको छ।

    images

    लामखुट्टेको सामान्य टोकाइबाट ठूलो जोखिम हुनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै विश्वभर आज यो दिवस मनाइँदै छ। विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा ३५०० भन्दा वढी प्रजातिका लामखुट्टे प्रतिवेदन भएका छन्। नेपालमा भने हालसम्म १६८ लामखुट्टे प्रजाति रहेको पुष्टि भएको छ।

    images

    सन् १८९७ मा बेलायती चिकित्सक सर रोनाल्ड रोसले पोथी एनोफिलिज लामखुट्टेले मानिसमा मलेरिया सार्ने तथ्य पत्ता लगाएका थिए। उनले भारतको सिकन्दराबादमा काम गर्ने क्रममा लामखुट्टेले मलेरियाको परजीवी सार्ने प्रमाणित गरेका थिए। यही महत्वपूर्ण खोजको सम्झनामा विश्व लामखुट्टे दिवस हरेक वर्ष मनाउँदै आइएको छ।

    यस दिवसले लामखुट्टेबाट हुने रोगका जोखिमबारे जनचेतना फैलाउने, रोग नियन्त्रणसम्बन्धी अनुसन्धानलाई सहयोग गर्ने तथा विश्वव्यापी स्वास्थ्य साझेदारीलाई बलियो बनाउने सन्देश दिन्छ।

    इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार यही दिवसका अवसरमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै Vectots of Public Health Importance of Nepal - A Country Profile नामक प्रतिवेदनसमेत सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनमा हाल सम्मको नेपालमा रिपोर्ट भएको रोग सार्ने बाहकहरुको बेस लाईन तथ्यांक तयार गरिएको छ।

    इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त प्रतिवेदनमार्फत डेंगी, औलो, कालाजार,बहात्तीपाईले, जापनिज इन्सीफलाईटिस, जस्ता रोगहरुको बाहकको एक माईलस्टोन तयार गरिएको छ।

    लामखुट्टेको टोकाइबाट औँलो, डेंगी, चिकन गुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापनिज इन्सेफलाइटिसजस्ता रोगहरू लाग्दछन। स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गत आर्थिक वर्षमा ती रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए।

    महाशाखाले लामखुट्टेको टोकाईबाट बच्न तथा घर वरिपरी सफा राख्न पनि सबैमा आग्रह गरेको छ। सरकारले हाल देशभर तीन महिने डेंगी सचेतना अभियान पनि संचालन गरिरहेको छ।

    समुदायको सहभागिता र प्रभावकारी रोग नियन्त्रणका उपायमार्फत लामखुट्टेबाट हुने रोगको जोखिम घटाउन सकिनेमा सरकारको जोड रहँदै आएको छ। 

    किट रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लामा देखा परिसकेको छ। स्वास्थ्य सेवा विभागले सातवटै प्रदेशमा कीटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर कामसमेत गर्दै आइरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend