मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भाटभटेनी सुपरस्टोर अब २४ घण्टा सञ्चालन हुने,भोलि भक्तपुरबाट `ट्रायल´

भाटभटेनी सुपरस्टोर अब २४ घण्टा सञ्चालन हुने,भोलि भक्तपुरबाट `ट्रायल´

images
२०८३ श्रावण ३१ गते, आइतवार
२०८३ श्रावण ३१ गते, आइतवार
  • काठमाडौं। भाटभटेनी सुपरस्टोरले भोलि सोमबारदेखि आफ्नो सेवा २४ घण्टा सञ्चालनमा ल्याउने भएको छ। पहिलो चरणमा भक्तपुरको राधेराधेमा रहेको भाटभटेनी शाखा २४ घण्टा सञ्चालनमा आउन लागेको हो।

    images

    भाटभटेनीका अनुसार सुरुवातमा राधेराधे शाखाको पहिलो तलामा रहेको ग्रोसरीलाई २४ घण्टा सञ्चालन गरिनेछ। त्यसपछि काठमाडौँको नक्साल र ललितपुरको पाटन कृष्ण गल्लीमा रहेको भाटभटेनी स्टोर भदौ भित्रै २४ घण्टा खुलाउने गरेर तयारी गरिएको छ।

    images

    उपत्यकाका तीन स्टोरमा सेवा सञ्चालनको अनुभव लिएपछि पोखराको एउटा स्टोरमा पनि २४ घण्टे सेवा विस्तार गर्ने कम्पनीको योजना छ।

    ग्राहकको आवश्यकता र सेवाको प्रभावकारिताका आधारमा क्रमशः अन्य स्थानमा रहेका शाखाहरूलाई पनि २४ घण्टा सञ्चालनमा ल्याउने तयारी भाटभटेनीको छ।

    यससँगै ग्राहकले रातको समयमा समेत दैनिक उपभोग्य वस्तु तथा अन्य आवश्यक सामग्री खरिद गर्न सक्नेछन्। भाटभटेनीको यो निर्णयले विशेषगरी राति अबेरसम्म काम गर्ने तथा आकस्मिक रूपमा आवश्यक सामग्री खरिद गर्नुपर्ने ग्राहकलाई सहज हुने अपेक्षा गरिएको छ भने नेपालमा यो नयाँ अभ्यास पनि हुनेछ।

    रातको समयमा ग्राहक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापन सुदृढ गरिएको छ। साथै, स्टोर चौबिसै घण्टा सञ्चालन हुने विषयमा प्रहरी तथा स्थानीय प्रशासनलाई समेत जानकारी गराइएको कम्पनीले जनाएको छ।

    करिब ४२ वर्षअघि व्यवसायी मिनबहादुर गुरुङले काठमाडौंको टंगालबाट सुरु गरेको भाटभटेनी अहिले देशभर २७ वटा स्टोरसम्म विस्तार भएको छ। कम्पनीका अनुसार वार्षिक कारोबार करिब ३२ अर्ब रुपैयाँ रहेको छ भने सबै स्टोरमा गरी २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend