मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आइतबार उपत्यकाका सात बिक्री केन्द्रबाट ग्यास बिक्री गरिने, कहाँकहाँबाट पाइन्छ?

आइतबार उपत्यकाका सात बिक्री केन्द्रबाट ग्यास बिक्री गरिने, कहाँकहाँबाट पाइन्छ?

images
२०८३ श्रावण ३० गते, शनिवार
२०८३ श्रावण ३० गते, शनिवार
  • काठमाडौँ। नेपाल आयल निगमले आइतबार काठमाडौं उपत्यकाका सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्ताका लागि एलपी ग्यास बिक्री–वितरण गर्ने भएको छ।

    images

    आइतबार निगमले टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सगर ब्रान्डका ग्यास बिक्री गरिने जनाएको हो।

    images

    त्यस्तै, पशु सेवा शाखा, चपली बूढानीलकण्ठबाट नेपाल, एचपी र भानु, राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया ग्यास विक्री हुनेछ। नयाँ बजार जुडो हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास विक्री हुनेछ।

    यसैगरी तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया विक्री गरिने निगमले जनाएको छ।

    राष्ट्रिय क्षयरोग केन्द्रबाट, ठिमीबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री–वितरण गरिने निगमले जनाएको छ।

    नेपाल आयल निगमले आज काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री–वितरण गरेको थियो।

    निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो।

    वितरणका क्रममा केही ब्रान्डका ग्यास सिलिन्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई कुपनमार्फत भोलिपल्ट (आइतबार) पहिलो प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend