बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको शिक्षामा पहुँच, अवसर र समावेशिताका विषयमा छलफल

शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको शिक्षामा पहुँच, अवसर र समावेशिताका विषयमा छलफल

images
२०८३ श्रावण २६ गते, मंगलवार
२०८३ श्रावण २६ गते, मंगलवार
  • काठमाडौँ। शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको शिक्षामा पहुँच, अवसर र समावेशितासम्बन्धी विषयमा सरोकारवालाहरूसँग छलफल आयोजना गरिएको छ।

    images

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा विद्यमान चुनौतीहरूको पहिचान समावेशी, पहुँचयोग्य, समान र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आवश्यक नीतिगत तथा व्यावहारिक उपायहरू बारे छलफल तथा अन्तरक्रिया भएको हो।

    images

    छलफलमा सांसदहरु यशोदा बराल, गंगा छन्त्याल तथा सरिता महतो लगायतले शारीरिक अपाङ्गता भएका व्यक्ति, शिक्षक, अपाङ्गता अधिकारकर्मी तथा अन्य सरोकारवालाहरूले धारणा राखेका थिए।

    सो क्रममा व्यवस्थापिका र कार्यपालिका दुवै तहका प्रतिनिधि, सरोकारवाला तथा अपाङ्गताको प्रत्यक्ष अनुभव भएका व्यक्तिहरूको सहभागितामा शिक्षाको क्षेत्रमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले भोगिरहेका चुनौती तथा अवरोधहरूबारे धारणा आएको थियो।

    कार्यक्रममा शिक्षा मन्त्री पोखरेलले सबैको राय लिएर सरकारले आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend