मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

समस्याग्रस्त सहकारीको बचत फिर्ता तीव्र, ३ सहकारीका २२० बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारीको बचत फिर्ता तीव्र, ३ सहकारीका २२० बचतकर्ताले पाए रकम

images
२०८३ श्रावण २५ गते, सोमवार
२०८३ श्रावण २५ गते, सोमवार
  • काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तिन सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।

    images

    समितिका अनुसार शिव शिखर सहकारीका 
    १६५ जना बचतकर्ता,  कान्तिपुर सहकारीका ५२ जना र गोरखा सहकारीका ३ जनाले बचत फिर्ता पाएका हुन्।

    images

    सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।

    समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ।

    समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend