मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मनसुनी वायुको प्रभाव : हुनसक्छ देशभर वर्षा

मनसुनी वायुको प्रभाव : हुनसक्छ देशभर वर्षा

images
२०८३ श्रावण २२ गते, शुक्रवार
२०८३ श्रावण २२ गते, शुक्रवार
  • काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावका कारण आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ।

    images

    महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।

    images

    हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागमा साधारणतया बदली भएको छ भने मधेस प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भेगमा आंशिक बदली भएको छ।

    हाल बागमती र कर्णाली प्रदेशका केही तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

    यसैगरी, राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै हिमाली भागका केही स्थानमा वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    महाशाखाले वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता विपद्को जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागले जारी गर्ने मौसमसम्बन्धी सूचनामा आफूलाई नियमित रूपमा अद्यावधिक गर्दै आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend