बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

'सतर्कता ऐन' तर्जुमा अन्तिम चरणमा, स्थानीय तहसम्मै सतर्कता अधिकृत राखिने

'सतर्कता ऐन' तर्जुमा अन्तिम चरणमा, स्थानीय तहसम्मै सतर्कता अधिकृत राखिने

images
२०८३ श्रावण २१ गते, बिहिवार
२०८३ श्रावण २१ गते, बिहिवार
  • काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्र बनाएको छ।

    images

    केन्द्रले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएयता ८५३ सरकारी कार्यालयहरूको अनुगमन गरी आचारसंहिता पालना नगर्ने ८ हजार ८३० कर्मचारीहरूलाई कारबाही गर्न अख्तियारवालालाई निर्देशन दिएको छ।

    images

    यस्तै,केन्द्रले राष्ट्रिय योजनाहरूको प्राविधिक परीक्षण, सेवा प्रवाहमा ढिलासुस्ती रोक्न 'फाइल ट्र्याकिङ' र सेवाग्राही सन्तुष्टि सर्वेक्षणलगायत काम पनि गरिरहेको छ। 

    केन्द्रलाई थप अधिकारसम्पन्न बनाउन 'सतर्कता ऐन' तर्जुमा गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। आगामी दिनमा प्रविधिको प्रयोग बढाउँदै प्रदेश, जिल्ला र स्थानीय तहसम्मै सतर्कता अधिकृतको व्यवस्था गरी नियमन प्रणालीलाई देशैभर व्यापक र बलियो बनाइनेछ।  

    सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता पालना नगरेको वा संकास्पद सम्पत्ति रहेको सूचना केन्द्रको हटलाइन नं ०१४२००३४५ मा फोन गरेर टिपाउन सकिने केन्द्रले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend