काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न असहज अवस्था समाधानबारे छलफल भएको छ।
छलफलमा प्रधानमन्त्री शाहले सामाजिक सद्भाव र शान्ति स्थापनाका लागि सबैले आ-आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्न पनि आग्रह गरेका छन्।
छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, डा.अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी छन्।



