बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित

मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित

images
२०८३ श्रावण १५ गते, शुक्रवार
२०८३ श्रावण १५ गते, शुक्रवार
  • काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, अन्तर्गत डीनको कार्यालयले मधेशका ११ परीक्षा केन्द्रमा मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) दोस्रो तहको परीक्षा स्थगित गरेको छ।

    images

    परीक्षा कार्यक्रमअन्तर्गत आज सञ्चालन हुने तय भएको एमकेटी-५११ मार्केटिङ म्यानेजमेन्ट विषयको परीक्षा मधेश प्रदेशका ११ परीक्षा केन्द्रमा मात्र स्थगित गरिएको डीनको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

    images

    कार्यालयले एक सूचना जारी गर्दै स्थगित गरिएको परीक्षाको नयाँ मिति पछि प्रकाशन गरिने जनाएको छ। साथै, उक्त विषयबाहेक अन्य विषयका परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने सूचनामा उल्लेख छ।

    त्रिविका अनुसार रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सर्लाही क्याम्पस मलंगवा, जनज्योती बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिरहा, जेएस मुरारका बहुमुखी क्याम्पस लहान केन्द्रका परीक्षा स्थगित भएका छन् ।

    यसैगरी महेन्द्र विन्देश्वरी बहुमती क्याम्पस राजविराज सप्तरी, नेशनल पिपुल कलेज कञ्चनपुर सप्तरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर रौतहट, गौरीशंकर यादव रौतहट क्याम्पस गौर, सिमरा कलेज बारा र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज केन्द्रका परीक्षा पनि स्थगित भएका हुन् ।

    त्रिवि व्यवस्थापन संकायले सम्बन्धित सबै विद्यार्थी तथा परीक्षा केन्द्रलाई सूचनाबारे जानकारी गराउँदै आवश्यक तयारी गर्न आग्रह गरेको छ।

    यस्तै सूचनामा उल्लेख गरिएका ११ केन्द्रबाहेक देशका अन्य सबै परीक्षा केन्द्रमा पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend