बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

images
२०८३ श्रावण १४ गते, बिहिवार
२०८३ श्रावण १४ गते, बिहिवार
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका छन्।

    images

    देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई बिहीबार शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए।

    images

    सो क्रममा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था क़ायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए।

    सो अवसरमा राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव क़ायम गर्न सुझाव दिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend