मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बागमतीसहित यी चार प्रदेशमा हुनसक्छ भारी बर्षा

बागमतीसहित यी चार प्रदेशमा हुनसक्छ भारी बर्षा

images
२०८३ श्रावण १४ गते, बिहिवार
२०८३ श्रावण १४ गते, बिहिवार
  • काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।

    images

    आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने देशको हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यसैगरी कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यस्तै आज राति देशभर साधारणतया बादल लाग्ने तथा देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यस्तै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यसैगरी कोशी प्रदेशको पहाडी र तराई भू–भाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend