मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चिकित्सा शिक्षा आयोगको २७औं बैठक : साँढे ६ अर्ब भन्दा बढीको कार्यक्रम तथा बजेट स्वीकृत

चिकित्सा शिक्षा आयोगको २७औं बैठक : साँढे ६ अर्ब भन्दा बढीको कार्यक्रम तथा बजेट स्वीकृत

images
२०८३ श्रावण १३ गते, बुधवार
२०८३ श्रावण १३ गते, बुधवार
  • काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि साँढे ६ अर्ब भन्दा बढी रकमको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।

    images

    प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको आयोगको २७औँ बैठकले ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट पारित गरेको हो।

    images

    उक्त बजेटमध्ये नेपाल सरकारबाट विनियोजित ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक स्रोततर्फ ५६ करोड चार लाख ९८ हजार रुपैयाँ रहेको छ।

    बैठकले गत आव २०८२/८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ र चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित ३५ करोड रुपैयाँ गरी कुल एक अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँमध्ये चालु आवका लागि ५६ करोड चार लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ।

    आयोगका अनुसार स्वीकृत बजेटमध्ये आन्तरिक स्रोतबाट चालुतर्फ ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ र पुँजीगततर्फ आठ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको छ।

    बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री तथा आयोगका सदस्य सचिव एवं सहसचिव बसन्तप्रसाद कोइराला लगायत सहभागि थिए।

     

     

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend