मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

देशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना

देशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना

images
२०८३ श्रावण ५ गते, मंगलवार
२०८३ श्रावण ५ गते, मंगलवार
  • काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ।

    images

    महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी र गण्डकी प्रदेशका केहि स्थानमा, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ।

    images

    आज दिउँसो  देशभर साधरणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

    बागमती प्रदेशको हिमाली भू-भाग तथा देशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। 

    देशका पहाडी भू-भागका केही स्थानमा र देशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend