मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आज यी तीन प्रदेशमा हुनसक्छ भारी वर्षा

आज यी तीन प्रदेशमा हुनसक्छ भारी वर्षा

images
२०८३ आषाढ २९ गते, सोमवार
२०८३ आषाढ २९ गते, सोमवार
  • काठमाडौँ। हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

    images

    हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ भने कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल छ। कोशी,मधेश, बागमती,गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    images

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखा बताउँछ।

    यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई  भू-भागका धेरै स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको पहाडी र तराई , कर्णाली र सुदुरपश्चिम  प्रदेशको पहाडी भू-भागका केही स्थानमा तथा सुदुरपश्चिम  प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

    कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति कोशी र बागमती प्रदेशका हिमाली भू-भागका धैरै स्थान, गण्डकी प्रदेशको हिमाली भू-भागको केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै  स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

    यसैगरी मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई  भू-भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई  भू-भागका थोरै मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा साथै बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend