काठमाडौँ। सरकार र त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि ज्यान गुमाएका २५ वर्षीय गणेश नेपालीको परिवारबीच नौ बुँदे सहमति भएको छ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ, जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र पीडित परिवार तथा वार्ता समितिबिच आइतबार दिउँसो सहमति भएको हो।
सहमति पत्रमा मृतक नेपालीकी श्रीमती एकमाया नेपालीलाई निजको योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गर्ने, निजको छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौँ महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइने उल्लेख छ।
यसैगरी, मृतकको अन्तिम संस्कारका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौँमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौँ महानगरपालिकाबाट मिलाइने सहमति छ।
पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण (पोष्टमार्टम) लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्गत गर्ने जिम्मा लिने दुवै पक्षकाबिच सहमति भएको छ।
गत असार २६ गते बिहीबार नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए। त्यसलगत्तै उनलाई उपचारका लागि वीर अस्पतालको ‘वर्न युनिट’मा उपचारका लागि पुर्याइएको थियो।
मुगु सोरु गाउँपालिका वडा नं. १, जवलधाराका २५ वर्षीय नेपालीको उपचारको क्रममा शुक्रबार निधन भएको थियो। उनको निधनपछि परिवारले शव बुझेका थिएनन्।
यस्तो छ सहमति:





