मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अष्ट्रेलियामा हेल्प नेपाल नेटवर्क को २५औं रजत जयन्ती

अष्ट्रेलियामा हेल्प नेपाल नेटवर्क को २५औं रजत जयन्ती

images
२०८१ मंसिर ६ गते, बिहिवार
२०८१ मंसिर ६ गते, बिहिवार
  • अस्ट्रेलिया। हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाको २५औं रजत जयन्ती वार्षिकोत्सव तथा अर्थ संकलन कार्यक्रम ब्रिस्टल क्लबहाउस क्यान्बेरामा मनाइएको छ।

    images

    कार्यक्रममा अष्ट्रेलियाली सरकारका सांसद, स्थानीय सरकारका प्रतिनिधि, संस्थाका शुभचिन्तक र  नेपाली-अष्ट्रेलियाली समुदायका सर्वसाधारण सहभागी थिए।

    images

    कार्यक्रममार्फत नेटवर्कले हालसम्म गरेका उपलब्धिहरूलाई उत्सवका रूपमा मनाइएको हो। यस्तै सहभागीहरुमार्फत नेपालका परियोजनाहरूका लागि अर्थ संकलनसमेत गरिएको छ।

    कार्यक्रमको उद्घाटन गर्दै मुख्य अतिथि अष्ट्रेलियन क्यापिटल टेरिटोरीका मन्त्री सुज्यान ओरले नेपाल र अस्ट्रेलियाको पारस्परिक प्रगाढ सम्बन्ध रहेको चर्चा गरेका थिए। 

    यस्तै विशेष अतिथि रहेका अष्ट्रेलियाका लागि कार्यवाहक नेपाली राजदूत कुलबहादुर मगरले अस्ट्रेलियामा रहेर पनि नेपाली समुदायले परम्परा र संस्कृतिको संरक्षणमा योगदान गरेको बताए।

    कार्यक्रममा नेटवर्कका राष्ट्रिय संयोजक अरुण सिंह बस्नेतले नेपालको परियोजनाहरू र तिनका चुनौतीबारे जानकारी गराए भने अष्ट्रेलियाली संसदका हाउस अफ रिप्रजेन्टेटिभ्सका गभर्न्मेन्ट ह्विप सासंद डेभिड स्मिथले अष्ट्रेलियाको विकासमा नेपाली समूदायले पुर्याएको योगदानको प्रशंसा गरे।

    यस्तै हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाका राष्ट्रिय संयोजक सन्तोषी गौतमले संस्थाको यात्रा र आगामी योजनाबारे धारणा राखेका थिए।

    कार्यक्रममा राज्य सरकारका एन्ड्र्यू ब्राडक र नेपालका लागि पूर्व अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कजस्ता प्रमुख व्यक्तित्वहरूलेआ-आफ्नो  मन्तव्य राख्दै नेटवर्कको योगदान र नेपाल-अष्ट्रेलिया सम्बन्धको महत्वलाई उजागर गरे।

    कार्यक्रममा नेटवर्कका उद्देश्य हासिल गर्न विशेष योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान र कदर पत्र प्रदान गरिएको थियो भने प्रायोजक, समर्थक, सञ्चारकर्मी र स्वयंसेवकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

    उत्सवले हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाको २५ वर्षदेखिको नेपालका दुर्गम र विकट ग्रामिण भेगका जनताहरुको स्वास्थ्य, शिक्षा र जीवनस्तर सुधारमा समर्पित प्रयास र नेपाल-अष्ट्रेलियाली समुदायको सहकार्य तथा साझेदारीको प्रगाढ आत्मियतालाई थप उचाईमा पुर्याएको  कार्यक्रम संयोजक डा. कृष्ण हमालले जानकारी दिए।

    कार्यक्रममा काव्या भण्डारी, श्रमिक अधिकारी, र जेनिशा गौतमले  नेपाली सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए।कार्यक्रमको समापन हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाका महासचिव डिला खरेलले गरेका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend