मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सर्लाहीमा मोबाइल ब्यवसायीमाथि गोली प्रहार गर्ने ब्यक्तिलाई तत्काल पक्राउ गर्न महासंघको माग

सर्लाहीमा मोबाइल ब्यवसायीमाथि गोली प्रहार गर्ने ब्यक्तिलाई तत्काल पक्राउ गर्न महासंघको माग

images
२०८३ आषाढ २५ गते, बिहिवार
२०८३ आषाढ २५ गते, बिहिवार
  • काठमाडौँ। नेपाल मोबाइल ब्यवसायी महासंघले सर्लाहीको लालबन्दीमा मोबाइल ब्यवसायीमाथि भएको गोली प्रहारको घटनामा संलग्न ब्यक्तिलाई तत्काल पक्राउ गर्न माग गरेको छ।

    images

    सर्लाहीको लालबन्दीमा बुधबार राति मोबाइल ब्यवसायी डोरप्रसाद सापकोटामाथि लुटपाटको प्रयाससहित गोली प्रहार भएको थियो। महासंघका केन्द्रीय महासचिव छतेन्द्र आचार्यले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्न ब्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका हुन्।

    images

    विज्ञप्तिमार्फत महासंघले सर्लाही घटनाले राज्यले ब्यवसायीलाई सुरक्षा प्रदान गर्न नसकेको, निर्वाध रुपमा ढुक्क भएर ब्यवसाय गर्ने वातावरण नभएको, लगानी सुरक्षित हुने अवस्था नरहेको तथा ब्यवसायी अझै पनि असुरक्षित रहेको प्रष्ट भएको जनाएको छ।

    `भोलिका दिनमा पनि यस्तै अवस्था रहिरहे महासंघका सात प्रदेश र ७७ जिल्लाका जिल्ला शाखा एकैसाथ सुरक्षाको माग गर्दै देशैभरी आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिन चाहन्छ, आगामी दिनमा यस्ता घटना नदोहोरिने वातावरण बनाउन र सुरक्षाको पुर्ण प्रत्याभूति गराउन पनि सरकारसँग महासंघ जोडदार माग गर्दछ।´ विज्ञप्तिमा भनिएको छ।

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend