मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सरकारले लाभग्राही पहिचान भएको तीन दिन भित्र अस्थायी आवास बनाउन रकम दिन्छ : गृहमन्त्री

सरकारले लाभग्राही पहिचान भएको तीन दिन भित्र अस्थायी आवास बनाउन रकम दिन्छ : गृहमन्त्री

images
२०८१ आश्विन १९ गते, शनिवार
२०८१ आश्विन १९ गते, शनिवार
  • काठमाडौं। गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबानबाट प्रभावित बनेकाहरुलाई सरकारले तीन दिन भित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउने बताएका छन्।

    images

    शनिबार सिंहदरवारस्थित गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले बाढी, पहिरो र डुबानबाट प्रभावित बनेकाहरुलाई सरकारले तीन दिन भित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सक्ने बताएका हुन्। तर त्यसका लागि स्थानीय तहले लाभग्राही पहिचान गरी पठाउनु पर्नेछ। स्थानीय तहले लाभग्राही पहिचान गरी पठाएको तीन दिन भित्रमा  सरकारले रकम उपलब्ध गराउन सक्ने गृह मन्त्री लेखकको भनाइ छ।

    images

    ‘प्रभावित जिल्लाका पालिकाहरुलाई चाँडो भन्दा चाँडो लाभग्राही परिचालन गरी पठाउन हामीले भनेका छौं, मेरो आग्रह छ जतिसक्दो छिटो लाभग्राही पहिचान भए सरकारले तीन दिन भित्र अस्थायी आवास निर्माणका लागि रकम उपलब्ध गराउन सक्छ,’ गृहमन्त्री लेखकले भने।

    लेखकले विपद्बाट ठुलो जनधनको क्षति भएकोमा सरकारको गम्भीर ध्यान आकृष्ठ भएको बताए। उनले सरकारले मृतकका परिवारलाई दुई लाख राहत दिने निणर्य गरिसकेको र सम्वन्धित जिल्लामा रकम घरमै पुगेर वितरण गरिरहेको जानकारीसमेत दिए।

    ‘मृतकका परिवारलाई दुई लाख राहत दिने निणर्य गरेर सम्वन्धीत जिल्लामा रकम पठाएर घरमै पुगेर वितरण गरिरहेका छौं, घाइतेहरुको पनि  अस्पतालमा निःशुल्क उपचार अघि बढेको छ।’

    सरकारले १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।

    शनिबार नै गृह मन्त्री लेखकले ग्रामीण भेगमा नागरिकहरुको स्वास्थ्य उपचारका लागि आपतकालीन हेलि उद्दार तथा संरक्षणको मागसहित अनसनरत तेह्रथुमका ४२ बर्षीय दीपक सिलवालको अनसन तोडाएका छन्।

    एक महिनादेखि आमरण अनसन बस्दै आएका सिलवालसँग गृह मन्त्रालयमा भएको सहमतीपछि लेखकले जुस खुवाएर अनसन अन्त्य गराएका हुन्।

    ‘हवाई उद्दारलाई प्रभावकारी बनाउने विषयमा सरकारको ध्यान गएको छ, यो विषयलाई थप गम्भीर रुपमा लिएर सरकारले यस सम्वन्धित कार्यविधि संशोधन गर्दा अनसनमा उठेका विषय समेटेर गरेर अघि बढ्ने छौं।’ अनसनको अन्त्य गराउने क्रममा गृहमन्त्री लेखकले भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend