मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कंगोमा इबोला सङ्क्रमित बढ्दै, १९२ जनाको मृत्यु

कंगोमा इबोला सङ्क्रमित बढ्दै, १९२ जनाको मृत्यु

images
२०८३ आषाढ ५ गते, शुक्रवार
२०८३ आषाढ ५ गते, शुक्रवार
  • काठमाडौँ। प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा इबोला सङ्क्रमितको सङ्ख्या ८०८ पुगेको छ।

    images

    कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ इबोलाका कारण १९२ जनाको मृत्यु भइसकेको छ।

    images

    मन्त्रालयले जारी गरेको इबोला सम्बन्धि प्रतिवेदन अनुसार गत आइतबार कंगोमा थप २६ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ११ जनाको मृत्यु भएको थियो।

    अधिकारीहरुका अनुसार कंगोमा इबोला सङ्क्रमणको मृत्यु दर २३.८ प्रतिशत पुर्याएको छ। आइतबारसम्म कुल ३६३ जना बिरामीहरू आइसोलेसनमा रहेकोमा ४८ जना बिरामी निको भएका छन्।

    इबोलाले कंगोका इटुरी, उत्तरी किभु र दक्षिण किभु गरि तीन प्रान्तमा विशेष असहज अवस्था बनाएको छ। ती प्रान्तमा नियन्त्रणको प्रयास पनि जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

    बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको प्रकोप देशमा मे १५ मा आधिकारिक रूपमा घोषणा गरिएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend