मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि ८६ जना सर्ट लिस्टमा, कोको परे?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि ८६ जना सर्ट लिस्टमा, कोको परे?

images
२०८३ आषाढ ३ गते, बुधवार
२०८३ आषाढ ३ गते, बुधवार
  • काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि आवेदन दिएका मध्ये ८६ जना सर्ट लिस्टमा परेका छन्।

    images

    विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि कुल ११३ जनाले आवेदन दिएकोमा ८६ जनाको नाम सर्ट लिस्टमा परेको हो। सर्ट लिस्टमा परेकाहरूको नाम मन्त्रालयले मंगलबार सार्वजनिक गरेको हो।

    images

    सार्वजनिक सूची अनुसार सबैभन्दा बढी २२ जना चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का लागि आवेदन दिएकाहरु छन्। 

    त्यसपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १६ जनाको नाम सर्ट लिस्टमा परेको छ। 

    यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १५ जना उम्मेद्धार उपकुलपतिका लागि सर्ट लिस्टमा छानिदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १४ जना सर्ट लिस्टमा परेका छन्।

    प्रकाशित सूची अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ जना सर्ट लिस्टमा परेका छन् भने सबैभन्दा कम ७ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सर्ट लिस्टमा परेका छन्।

    उपकुलपति छनोट तथा सिफारिस समितिको सचिवालयका अनुसार अनलाइन माध्यमबाट ११३ जनाको आवेदन प्राप्त भएको थियो। तीनै मध्येबाट सर्ट लिस्टका नाम छानिएको हो।

    आवेदन माग हुँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि सबैभन्दा बढी २६ जनाले आवेदन दिएका थिए भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का लागि २४ जनाको आवेदन परेको थियो।

    समितिले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम दरखास्त आह्वान गरेको थियो। उक्त कार्यविधि २०८३ वैशाख ३१ मा स्वीकृत भएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend