मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अल्टिमाले ल्यायो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’,आजबाटै बिक्री सुरु

अल्टिमाले ल्यायो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’,आजबाटै बिक्री सुरु

मूल्य कति?

images
२०८३ आषाढ २ गते, मंगलवार
२०८३ आषाढ २ गते, मंगलवार
  • काठमाडौं। नेपालको अग्रणी अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफ स्टाइलले आफ्नो पहिलो कराओके स्पिकर `अल्टिमा बुमबक्स १३०´ नेपाली बजारमा सार्वजनिक गरेको छ।

    images

    सो कम्पनीले मंगलबारबाट सो `अल्टिमा बुमबक्स १३०´ कराओके स्पिकर सार्वजनिक गर्दै विक्री खुला गरेको हो।

    images

    १२० वाटको शक्तिशाली साउण्ड आउटपुट र साथमा उपलब्ध हुने युएचएफ (UHF) वायरलेस माइक्रोफोन सहितको सो स्पिकर नेपाली उपभोक्तालाई उत्कृष्ट संगीत र मनोरञ्जनको अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको अल्टिमाले जनाएको छ।

    यो स्पिकर सार्वजनिक भएसँगै अल्टिमाले बजारमा आफ्नो अडियो उत्पादनको दायरालाई अझ विस्तार गर्न सफल भएको दाबी गरेको छ।

    के छ विशेषता?

    इयरबड्स, स्पिकर, नेकब्यान्ड तथा वेयरेबल उत्पादनमार्फत नेपाली बजारमा आफ्नो बलियो उपस्थिति बनाइसकेको अल्टिमा नेपाली उपभोक्ताको लोकप्रिय ब्राण्ड बन्दै गएको छ। अल्टिमाले कराओके स्पिकरमार्फत आफ्नो उपस्थितिलाई नेपाली उपभोक्ताका माझमा अर्को विश्वास जित्ले पाइलाका रुपमा अघि सारिएको बताउँदै त्यो आधार तय हुनेमा विश्वस्त रहेको अपेक्षा गरेको छ।

    पार्टी, पारिवारिक जमघट, पिकनिक, बाहिरी गतिविधि तथा घरभित्रको मनोरञ्जनलाई ध्यानमा राखेर डिजाइन गरिएको बुमबक्स १३० मार्फत शक्तिशाली साउण्ड प्रदान हुने कम्पनीले जनाएको छ। आफ्नो पहिलो कराओके अनुभव स्पिकरको रूपमा बुमबक्स १३० मानिसहरूलाई संगीतमार्फत अझ नजिक ल्याउने सोचका साथ तयार गरिएको उसको दाबी छ।

    अर्को विशेषता युएचएफ (UHF) वायरलेस माइक्रोफोन तारको झन्झटबिनै सहज कराओके अनुभव दिन्छ।पारिवारिक भेटघाट, जन्मदिन, साथीभाइसँगको जमघट वा घरमै आयोजना हुने पार्टीमा बुमबक्स १३० ले स्पष्ट आवाज, स्थिर वायरलेस कनेक्सन र दमदार साउण्डमार्फत हरेक क्षणलाई अझ विशेष बनाउने कम्पनी बताउँछ।

    • १२० वाटको शक्तिशाली साउण्ड आउटपुट
    • TWS Pairing सपोर्ट
    • UHF वायरलेस माइक्रोफोन
    • विभिन्न प्याटर्नसहितको आकर्षक RGB लाइटिङ
    • Normal, Boost र Bass Boost गरी ३ वटा EQ मोड
    • १०,००० mAh EVA ब्याट्री
    • ५० प्रतिशत भोल्युममा १० घण्टासम्म प्ले टाइम
    • IPX6 वाटर रेसिस्टेन्स
    • भोल्युम स्लाइडर र विभिन्न इनपुट पोर्टहरू

    दमदार साउण्ड र विभिन्न अडियो मोड

    अल्टिमा बुमबक्स १३० मा रहेको १२० वाट आउटपुटले शक्तिशाली बास र स्पष्ट भोकलसहित उत्कृष्ट अडियो अनुभव प्रदान गर्ने अल्टिमाले जनाएको छ। प्रयोगकर्ताको आवश्यकता अनुसार normal, Boost र Bass Boost गरी तीनवटा EQ मोड उपलब्ध छन्। जसले विभिन्न प्रकारका गीत तथा अवसरअनुसार साउण्ड अनुभव परिवर्तन गर्न मद्दत गर्छ।

    सो स्पिकरमा प्रदान गरिएको टीडब्ल्युएस पेयरिङ सुविधाले दुईवटा बुमबक्स १३० लाई एकसाथ जोडेर अझ फराकिलो र प्रभावशाली स्टेरियो साउण्ड अनुभव दिने कम्पनीले जनाएको छ।
     
    आकर्षक डिजाइन र प्रिमियम लुक्स

    बुमबक्स १३० लाई अल्टिमाले उत्कृष्ट प्रदर्शनसँगै आकर्षक डिजाइनमा उपभोक्ता माझ ल्याएको छ।  विभिन्न डायनामिक प्याटर्न भएका आरजीबी (RGB) लाइटहरूले पार्टी तथा मनोरञ्जनको माहोललाई सो स्पिकर मार्फत अझ आकर्षक बनाउने छ। साथै, स्टाइलिस भोल्युम स्लाइडरले प्रयोगकर्तालाई सहज नियन्त्रणको सुविधा दिनेछ।

    यो स्पिकर क्यामोफ्लाज र इन्क ब्ल्याक गरी दुई रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    जहाँसुकै, जहिल्यै मनोरञ्जन

    घरभित्र तथा बाहिर दुवै ठाउँमा प्रयोग गर्न मिल्ने गरी तयार गरिएको बुमबक्स १३० मा १० हजार एमएएच (mAh) क्षमताको ठूलो ईभिए (EVA) ब्याट्री रहेको छ। यसले ५० प्रतिशत भोल्युममा १० घण्टासम्म निरन्तर संगीत सुन्न सकिने सुविधा दिन्छ।

    यस्तै सो स्पिकरमा आईपीएक्स६ (IPX6) वाटर रेसिस्टेन्स भएकाले पानीका छिटा वा सामान्य वर्षाबाट पनि सुरक्षित रहन्छ। त्यसैले पिकनिक, आउटडोर गतिविधि वा यात्राका क्रममा पनि यसलाई सहज रूपमा प्रयोग गर्न सकिने उच्चस्तरीय स्पिकरका रुपमा यसलाई लिइएको छ।

    विकल्पै विकल्प

    सो स्पिकरमा ब्लुटुथ, युएसबी, टिएफ कार्ड, एयुएक्स (AUX) तथा वायर्ड माइक्रोफोन ( Wired Microphone) लगायत विभिन्न प्लेब्याक विकल्पहरू उपलब्ध छन्। जसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता र रुचीका आधारमा प्रयोग गर्न सक्ने छन्।

    सुरुवाती ग्राहकका लागि विशेष अफर

    अल्टिमा बुमबक्स १३० को सुरुवाती बिक्रीलाई विशेष बनाउन अल्टिमाले पहिलो १०० ग्राहकका लागि आकर्षक अफर ल्याएको छ।

    यस स्पिकरको आधिकारिक एमआरपी रु. ३४,९९९ रहेको भए पनि लन्च अफर अन्तर्गत ग्राहकहरूले यसलाई रु. १९,९९९ मै खरिद गर्न सक्नेछन्। 

    यसैगरी पहिलो १०० ग्राहकका लागि अल्टिमा लाइफ स्टाइलले थप सुविधा र योजना प्रदान गर्ने घोषणा गरेको छ। जस अन्तर्गत  रु. ३४ सय ९९ मूल्य बराबरको अल्टिमा बुम स्लिक एयरबर्डस (Ultima Boom Sleek Earbuds) निःशुल्क र १ वर्षको अतिरिक्त वारेन्टी प्राप्त हुनेछ।

    अल्टिमा बुमबक्स १३० को सार्वजनिकसँगै अल्टिमा लाइफ स्टाइलले नेपाली उपभोक्ताका लागि नवीन र सुविधायुक्त अडियो उत्पादन ल्याउने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

    कराओके स्पिकर श्रेणीमा प्रवेश गर्दै ब्रान्डले प्रदर्शन, मनोरञ्जन, डिजाइन र मूल्यको उत्कृष्ट संयोजन प्रदान गर्ने लक्ष्य राखेको छ।

    कसरी किन्ने?

    अल्टिमा बुमबक्स १३० निम्न माध्यमबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
    • Ultima.com.np
    • Ultima Official Outlets
    • Daraz
    • Khalti
    • Jeevee
    • Fonepoints
    • Pathao Bazaar

    अल्टिमा के हो?

    अल्टिमा लाइफस्टाइल नेपालको अग्रणी अडियो तथा वेयरेबल ब्रान्डमध्ये एक हो। कम्पनीले स्मार्टवाच, वायरलेस इयरबड्स, स्पिकर, नेकब्यान्ड, चार्जर, केबल तथा विभिन्न मोबाइल एसेसरीज उपलब्ध गराउँदै आएको छ।

    गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै अल्टिमाले नेपाली उपभोक्ताको आवश्यकता अनुसार प्रविधिमैत्री उत्पादनहरू बजारमा ल्याइरहेको छ। पछिल्लो समय अल्टिमा हरेकजसो युवाको रोजाइमा पर्दै आएको छ।

     

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend