काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले आगामी आर्थिक वर्षदेखि लाइसेन्स परीक्षा काठमाडौं भन्दा बाहिरबाट समेत सञ्चालन गर्ने निर्णय गरेको छ।
जेठ १८ गते बसेको काउन्सिलको पूर्ण बैठकले काठमाडौँ बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
यसअघि यस्तो परीक्षा काठमाडौँ उपत्यकामा मात्रै हुँदै आएको थियो। यो निर्णयपछि उपत्यका बाहिर रहेका चिकित्सकहरु लाइसेन्स परीक्षाकै लागि काठमाडौँ धाउनु पर्ने छैन।
काउन्सिलका रजिष्ट्रार डा दिपेन्द्र पाण्डेद्वारा हस्ताक्षर गरिएको पत्र आज सार्वजनिक गरिएको हो। जसमा १८ वटा निर्णय उल्लेख छ।
बैठकको निर्णयमा काउन्सिलको वेबसाइटमा चिकित्सकहरूको शैक्षिक योग्यता तथा डिग्री अद्यावधिक गर्ने तथा National Medical Registry निर्माण प्रक्रिया अगाडि बढाउने पनि उल्लेख छ।
त्यसैगरी, अवैध चिकित्सकीय अभ्यास नियन्त्रणका लागि Anti-Quackery Guideline, २०८३ लाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।
यस्ता छन् निर्णयहरू:






