काठमाडौँ। सरकारले विभिन्न २५ वटा अत्यावश्यक सेवामा हडताल निषेध गरेको छ।
जेठ २५ गते प्रकाशित भएको नेपाल राजपत्रमा २५ वटा अत्यावश्यक सेवामा हडताल निषेध गरिएको हो।सरकारले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सूचना जारी गरेको हो।
सरकारी सूचना अनुसार डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात, प्रिन्ट वा सरकारी छापाखाना, सञ्चार सेवा, खानेपानी, पेट्रोलियम पदार्थ, अस्पताल, औषधी, फोहोरमैला, बैंक, बीमा, विद्युत्, पर्यटन, होटल रेस्टुरेन्ट र रिसोर्टसम्बन्धि सेवा, दैनिक उपभोग्य बस्तु राहदानी, आन्तरिक सुरक्षा सम्बन्धि सेवा, हातहतियार, खरखजना वा अरु कुनै सैनिक सरसमानको उत्पादन गर्ने थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा लगायतका क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ।
हेरौं राजपत्रमा प्रकाशित यो सूचना:






