मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

`बीवाईडी´को इभी गाडी भन्सार छली प्रकरण : प्रधानमन्त्रीको निर्देशनमा बन्यो छानबिन समिति

`बीवाईडी´को इभी गाडी भन्सार छली प्रकरण : प्रधानमन्त्रीको निर्देशनमा बन्यो छानबिन समिति

images
२०८३ जेठ २२ गते, शुक्रवार
२०८३ जेठ २२ गते, शुक्रवार
  • काठमाडौँ। `बीवाइडी´ ब्रान्डका इभी गाडी वजेट भाषण अघि नै करको दर बढ्ने सूचनापछि ठूलो संख्यामा आयात भएको आशंकामा सरकारले छानबिन गर्न समिति बनाएको छ।

    images

    सशस्त्र प्रहरी बल नेपालले कोरोला नाका हुँदै नेपाल ल्याइएका बीवाइडीका विभिन्न मोडलका ७७५ वटा गाडी सडकमार्ग हुँदै काठमाडौँ ल्याइदै गर्दा बुधबार राति विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो। करको दर बढ्ने सूचनापछि ती गाडी राजश्व छली गर्ने नियतका साथ ल्याइएको सूचना प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पुगेपछि तत्कालै उनले नियन्त्रणमा लिन निर्देशन दिएका थिए।

    images

    प्रधानमन्त्री शाहका प्रेस विज्ञ दीपा दाहालका अनुसार सरकारले सो प्रकरणको वास्तविकता पत्ता लगाउन छानबिन समिति बनाएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा बनाइएको सो समितिको नेतृत्व भन्सार विभागका महानिर्देशक श्याम भण्डारीलाई दिइएको छ। सो समितिमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू तोकिएका छन्।

    प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस विज्ञ दाहालका अनुसार सरकार सुशासन र राजस्व रक्षाका मामिलामा सचेत रहेकाले तत्कालै समिति गठन गरी कानुनी प्रक्रिया अघि बढाइएको हो। समितिले सवारीसाधन नियन्त्रणमा लिइएकै स्थलगत रूपमै पुगेर द्रुत गतिमा छानबिन सुरु गरिसकेको उनले जानकारी दिइन्।

    समितिले राजश्व र भन्सार सम्बद्ध सबै कानुनी कागजातहरूको सुक्ष्म अध्ययन र प्रमाणीकरण गर्ने छ। समितिले सवारीसाधन नियन्त्रणमा लिइएकै स्थानमा पुगेर द्रुत गतिमा छानबिन सुरु गरिसकेको छ।

    सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाका अनुसार राजश्व छलीको आशङ्का र विशेष सूचनाका आधारमा मुस्ताङको कोरला नाकाबाट ल्याइएका ७७५, नुवाकोटको पासाङल्हामु सडक खण्डबाट २ र धादिङको आदमघाटबाट २ गरी कुल ७७९ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिइएको हो।

    कोरोला नाका हुँदै भित्राइएका गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत, नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो।

    चिनियाँ ब्रान्ड बीवाईडीको आयातकर्ता साइमेक्स इंक विगतमा पनि कर छली लगायत प्रकरणमा मुछिदै आएको छ। यसअघि गाडीको क्षमता ढाँटेर झुक्याएको खुलेपछि भन्सार विभागले सो कम्पनीलाई कारबाही गरेको थियो। 

    विद्युतीय गाडी विक्रेता उत्पादक कम्पनी बीवाईडीका उत्पादन सन् २०१७ देखि नेपाली बजारमा विक्री हुँदै आएको छ। विश्व बजारमा व्याट्रीको मूल्य घट्दै गएपनि नेपालमा भने बीवाईडीले आफ्नो मूल्य बढाउँदै लगेको छ, जसको मार नेपाली उपभोक्ताले खेपिरहेका छन्।

    गत जेठ १५ गते सार्वजनिक भएको आर्थिक वर्ष २०८३/०८४ को बजेटमा इलेक्ट्रोनिक गाडीमा किलोवाटका आधारमा भन्सार लगाउने व्यवस्था भएकोमा मूल्यका आधारमा भन्सार लगाउने बजेटले व्यवस्था गरेको थियो।

     

     

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend