मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

औषधिको भन्सार कर्मचारीको तजविजमा होइन सिस्टममा होस् : आचार्य

औषधिको भन्सार कर्मचारीको तजविजमा होइन सिस्टममा होस् : आचार्य

images
२०८३ जेठ १२ गते, मंगलवार
२०८३ जेठ १२ गते, मंगलवार
  • काठमाडौँ। नेपाल औषधि आयातकर्ता संघ (मीयान) का अध्यक्ष पवन आचार्यले औषधिमा भन्सार कर्मकारीको तजविजका आधारमा लगाउने अवस्थाको अन्त्य हुनु पर्ने बताएका छन्।

    images

    अर्थ बजार डटकमद्वारा मंगलबार काठमाडौंमा आयोजित `आगामी वजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा´ विषयक अन्तर्किया कार्यक्रममा आचार्यले औषधिमा ५ प्रतिशत मात्रै भन्सार लाग्ने कानुनी ब्यवस्था भएपनि भन्सारका अधिकारीहरुले तजविजका आधारमा २८ प्रतिशतसम्म जरिवाना लगाउने गरेको गुनासो गरे।

    images

    `औषधिमा ५ प्रतिशत मात्रै भन्सार लाग्छ भनिएको छ, औषधिमा आयात गर्दा नै एमआरपी तय भएको हुन्छ, तर भन्सारमा बिजकलाई आधिकारिकता नदिएर २८ प्रतिशतसम्म जरिवाना लगाउने गरिएको छ, भन्सार अधिकृतको तजविज होइन सिस्टमका आधारमा भन्सार लगाइयोस, हाम्रो कारोबार खुला छ, अनलाइन बिलिङ छ, किनेको र बेचेको मूल्य सरकारलाई जानकारी हुन्छ।´ आचार्यले भने।

    उनले सरकारले औषधिमा स्वचालित मूल्य कायम गर्न नसक्दा हाल क्यान्सरको उपचारमा प्रयोग हुने `प्लाटिनम´ समूहका औषधीहरु सिस्पाटिन तथा कार्वोप्लाटिनको अभाव भएको पनि बताए।

    `अहिले बजारमा क्यान्सर उपचारमा प्रयोग हुने सिस्पाटिन तथा कार्वोप्लाटिन औषधि अभाब भएको छ, सरकारले स्वचालित मूल्य कायम नगर्दा यो अवस्था भयो, हामी सकेसम्म बिरामीलाई सहज रुपमा औषधि आपूर्ति होस् भनेर लागिपरेका छौं, तर सरकारले फेरि अभाव नहुने गरेर स्वचालित मूल्य कायम गरोस्।´ उनले भने।

    आचार्यले भारत र बंगलादेशबाट नेपालमा औषधि आयात हुँदै आएको तर हाल पश्चिम एसियाली मुलुकमा जारी द्वन्द्वका कारण कच्चा पदार्थमा भारी मूल्य वृद्धि हुँदा भारतमा समेत औषधिको मूल्य उच्च वृद्धि भएको बताए।

    `हाल पश्चिम एसियाली मुलुकमा जारी द्वन्द्वका कारण कच्चा पदार्थमा भारी मूल्य वृद्धि हुँदा भारतमा समेत औषधिको मूल्य उच्च वृद्धि भएको छ, नेपालमा त्यसको असर परेको छ, स्वचालित मूल्य कायम हुँदा भारतमा बढ्दा नेपालमा पनि मूल्य बढ्छ, घट्दा घट्छ, उपभोक्तालाई पनि सहज हुन्छ।´ आचार्यले औषधि अभावको दीर्घकालीन समाधान बारे सुझाउँदै भने।

    आचार्यले सोमबार मात्रै बंगलादेशबाट ८०० भायल कार्वोप्लाटिन आयात गरिएको र बिरामीलाई चिकित्सकको प्रेसकिप्सनका आधारमा उपलब्ध गराइएको पनि बताए।

    `बंगलादेशबाट ८०० भायल कार्वोप्लाटिन आयात गरेका छौं, र एउटै ब्यक्तिले धेरै नलिउन भनेर बिरामीलाई चिकित्सकको प्रेसकिप्सनका आधारमा उपलब्ध गराएका छौं।´ आचार्यले भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend