मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सगरमाथाको चुचुरोमा पुगिन् पारलैंगिक महिला निलम, बनाइन् रेकर्ड

सगरमाथाको चुचुरोमा पुगिन् पारलैंगिक महिला निलम, बनाइन् रेकर्ड

images
२०८३ जेठ ११ गते, सोमवार
२०८३ जेठ ११ गते, सोमवार
  • काठमाडौँ। निलम पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै रेकर्ड बनाएकी छिन्।

    images

    पौडेलले नेपालकै पहिलो पारलैंगिक महिलाका रूपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान रच्न सफल भएकी हुन्।

    images

    आरोहणपछि ३५ वर्षीया पौडेलले आफूले बाल्यकालदेखि भोग्दै आएको विभेद र असमानताबारे खुलेर बताइन्।

    सगरमाथाको चुचुरोमा उभिँदै उनले भनिन्, “यो सफलता मेरो मात्रै होइन। यो आफूलाई कहिल्यै नदेखिएको, नस्वीकारिएको महसुस गराइएका हरेक व्यक्तिको सफलता हो।”

    पौडेलको यो सफलतालाई सिंगो लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले पनि ऐतिहासिक उपलब्धि भनेको छ।

    `नेपालकै पहिलो पारलैंगिक महिलाका रूपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान रच्न सफल हुनुभएकोमा निलम पौडेलज्यूलाई हार्दिक बधाई तथा शुभकामना! यो ऐतिहासिक उपलब्धि नेपालका लागि मात्र नभई देशभित्र र बाहिरका समग्र LGBTQIA+ समुदायकै साहस, दृढता र गौरवको एक शक्तिशाली प्रतीक बनेको छ। नील हिरा समाज नीलमजीको यस प्रेरणादायी यात्रामा सहयात्री बन्न पाएकोमा गर्व महसुस गर्दछ। उहाँको यस अभूतपूर्व सफलताले लैंगिक तथा यौनिक अल्पसंख्यक (LGBTQIA+) समुदायका थप व्यक्तिहरूलाई ठूला सपना देख्न, चुनौतीहरूलाई चिर्न र हरेक क्षेत्रमा गर्वका साथ उत्कृष्टता हासिल गर्न मार्गनिर्देशन गर्ने विश्वास हामीले लिएका छौँ।´ निल हिरा समाजले भनेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend