मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नामको अगाडि जथाभावी `डाक्टर´ लेखे कारबाही

नामको अगाडि जथाभावी `डाक्टर´ लेखे कारबाही

images
२०८३ जेठ ७ गते, बिहिवार
२०८३ जेठ ७ गते, बिहिवार
  • काठमाडाैँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सक (डाक्टर) उपाधिको अनाधिकृत प्रयोग गर्ने तथा भ्रामक चिकित्सा विज्ञापनविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

    images

    काउन्सिलले विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक संजालहरुमा गैर-चिकित्सक, स्वास्थ्यकर्मी तथा असम्वन्धित व्यक्तिहरूले आफ्नो नामको अगाडि `डा.´ उपाधि प्रयोग गरेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै शून्य सहनशीलताको नीति अपनाइ कारबाही गर्ने चेतावनी दिएको छ। 

    images

    नामको अगाडि अनाधिकृत रुपमा डाक्टर उपाधि प्रयोग गरि चिकित्सा अभ्यास गर्ने, औषधिको प्रेस्किप्सन/परामर्श लेख्ने तथा सर्वसाधारणमा गम्भीर भ्रम सिर्जना गरी जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने काम गरिरहेको पाइएको काउन्सिलले बिहीबार जारी गरेको सूचनामा भनेको छ।

    काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेद्वारा जारी सूचनामा यस्तो अवैध अभ्यास तत्काल रोक्न, १५ दिनभित्र आफ्ना सबै आधिकारिक कागजात, प्रेस्क्रिप्सन प्याड, साइनबोर्ड, भिजिटिङ कार्ड तथा सामाजिक सञ्जालबाट “डाक्टर” उपाधि हटाउन निर्देशन दिइएको छ। 

    काउन्सिलले सूचना उल्लङ्घन गरी अवैध रूपमा ‘डा.’ उपाधि प्रयोग गरेमा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार तीन वर्षसम्म कैद, तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने जनाएको छ।

    सूचनामा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सक तथा सम्बन्धित परिषद् ऐनद्वारा ‘चिकित्सक’ उपाधि प्राप्त गरेका बाहेक अन्य कुनै पनि स्वास्थ्यकर्मी वा व्यक्तिले नामअघि “डा.” प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ।

    यस्तै, स्वदेश वा विदेशका विश्वविद्यालयबाट ‘डाक्टर’ शब्दसहितको शैक्षिक उपाधि प्राप्त गर्नु मात्रै नेपालमा स्वतन्त्र रूपमा आधुनिक चिकित्सा अभ्यास गर्ने कानुनी अनुमति नभएको पनि काउन्सिलले स्पष्ट पारेको छ। नेपालमा बिरामी उपचार, परामर्श तथा ‘डा.’ उपाधि प्रयोग गर्ने अधिकार केवल नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्र रहेको सूचनामा उल्लेख छ।

    जारी सूचनामा १५ दिने समयसीमा सकिएलगत्तै विशेष अनुगमन टोलीले स्थलगत तथा डिजिटल माध्यमबाट निगरानी सुरु गर्ने उल्लेख गरिएको छ। अनुगमनका क्रममा अवैध रूपमा ‘Dr.’ प्रयोग गरी चिकित्सा सेवा दिएको पाइएमा कानुनी मुद्दा दर्ताका लागि सम्बन्धित निकायमा सिफारिस गरिने काउन्सिलले जनाएको छ।

    यस्तो छ सूचना 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend