मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

images
२०८३ बैशाख २९ गते, मंगलवार
२०८३ बैशाख २९ गते, मंगलवार
  • काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ।

    images

    बोर्डले सोमबार राति सार्वजनिक गरेको नतिजा अनुसार यस वर्ष देशभरबाट सहभागी भएका कुल विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

    images

    परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएका थिए।

    जसमध्ये २ लाख ८४ हजार १६० जना विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुनका लागि आवश्यक ग्रेड प्राप्त गरेका छन्।

    सार्वजनिक नतिजा अनुसार सबैभन्दा उच्च जीपीए अर्थात् ३.६० देखि ४.०० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३ सय ९२ छ। 

    यसैगरी, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ८० हजार ३ सय ७२ जना रहेका छन्।

    यस्तै २.८० देखि ३.२० जीपीए ल्याउने ९४ हजार २२२ जना छन् भने २.४० देखि २.८० जीपीए ल्याउने ५५ हजार ९७७ जना रहेका छन्।

    यसैगरी २.०० देखि २.४० जीपीए ल्याउने ५ हजार १९० जना तथा १.६० देखि २.०० जीपीए ल्याउने ७ जना रहेको बोर्डले जनाएको छ।

    १ लाख ४६ हजार विद्यार्थी नन ग्रेडेड

    यस वर्षको नतिजामा १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थीले 'एनजी' (Non-Graded) प्राप्त गरेका छन्। 

    एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ। बोर्डका अनुसार दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिनेछ भने सोभन्दा बढी विषयमा एनजी आउनेले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने प्रावधान छ।

    राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको नतिजा विगतका वर्षहरूको तुलनामा सन्तोषजनक रहेको र शिक्षाको गुणस्तर सुधारोन्मुख देखिएको दाबी गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend