मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एसईईको नतिजा केही दिनमै, कसरी हेर्ने?

एसईईको नतिजा केही दिनमै, कसरी हेर्ने?

images
२०८३ बैशाख २७ गते, आइतवार
२०८३ बैशाख २७ गते, आइतवार
  • काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

    images

    बोर्डले शैक्षिक सत्र २०८२ मा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको हो। कुनै प्राविधिक समस्या नभए वैशाख महिना भित्रै नतिजा सार्वजनिक हुने बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले जानकारी दिए।

    images

    सो विषयमा परीक्षा नियन्त्रण कार्यालयले आइतबार एक सूचनासमेत प्रकाशित गरेको छ। सूचनामा बोर्डले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको बताइएको छ।

    गत चैत १९ गतेदेखि २९ गतेसम्म भएको एसईई परीक्षाका लागि पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले फाराम भरेका थिए। तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षार्थी छन्। जसमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा र दुई लाख ५४ हजार ८०१ छात्रसहित अन्य सात जना परीक्षामा सहभागी भएको परीक्षा बोर्डले जनाएको छ।

    सूचना अनुसार एसएमएस र आईभीआरबाट नतिजा हेर्न परीक्षार्थीहरूले सर्टकोडहरूमा एसएमएस पठाएर वा फोन गरेर आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन्।

    त्यसका लागि नेपाल टेलिकमको लागि १६०० (SMS/USSD र IVR सेवा), जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र), एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र) बाट हेर्न सकिने क्झ।

    यसैगरी वेबसाइटबाट ईन्टरनेट मार्फत नतिजा हेर्न सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटहरूलाई अनुमति दिएको छ।

    आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np, नेपाल टेलिकम www.see.ntc.net.np, कान्तिपुर पब्लिकेसन्स www.ekantipur.com, इडियु सञ्जाल www.see.edusanjal.com, खल्ती https://khalti.com/app, निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी, र इन्द्रेणी टाइम्सका वेबसाइटहरूबाट पनि नतिजा हेर्न सकिनेछ।

    परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित भएपछि यी आधिकारिक माध्यमहरूबाट मात्र आफ्नो नतिजा रुजु गर्न परीक्षार्थी र अभिभावकहरूलाई अनुरोध गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend