मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

शिक्षामन्त्री पोखरेल र अस्ट्रेलियाका राजदूतबिच भेटवार्ता

शिक्षामन्त्री पोखरेल र अस्ट्रेलियाका राजदूतबिच भेटवार्ता

images
२०८३ बैशाख २५ गते, शुक्रवार
२०८३ बैशाख २५ गते, शुक्रवार
  • काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गरेका छन्।

    images

    सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा उनीहरूबिच नेपाल र अस्ट्रेलियाबिचको सम्बन्ध, शिक्षा, विकास साझेदार लगायत विषयमा कुराकानी भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।

    images

    विशेष गरी उनीहरूबिच उच्च शिक्षामा अन्तरदेशिय शिक्षा प्रबन्धका क्षेत्रमा दुई देशबिच सहकार्यको सम्भावनाका विषयमा छलफल भएको बताइएको छ।

    भेटमा शिक्षामन्त्री पोखरेलले अष्ट्रेलियन उच्च शिक्षाका राम्रा कार्यक्रममा सहकार्य र साझेदारीताका विषयमा सकारात्मक रहेको भन्दै ती विषयमा कानुनी प्रबन्धका लागि पहल गरिने विश्वास व्यक्त गरे।

    मन्त्री पोखरेलले विश्व स्तरीय शिक्षा नेपाल मै दिने गरी नीतिगत सुधार गरेर जानुपर्नेमा जोड दिए। उनले विद्यालय शिक्षा क्षेत्रमा सुधारका अरू विकास साझेदारहरूसँग जस्तै अस्ट्रेलियासँग पनि सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताए।

    राजदूत अन्स्रटले उच्च शिक्षामा अन्तरदेशिय शिक्षा प्रवन्धकका बारेमा चासो व्यक्त गर्दै उनले उच्च शिक्षाका राम्रा अष्ट्रेलियन कार्यक्रमहरुमा साझेदारी गर्ने इच्छासमेत व्यक्त गरेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend