मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेतृत्व विहीन प्रतिष्ठान, अस्पताल र स्वास्थ्य बीमा बोर्डमा अल्पकालीन नेतृत्व तोकियो

नेतृत्व विहीन प्रतिष्ठान, अस्पताल र स्वास्थ्य बीमा बोर्डमा अल्पकालीन नेतृत्व तोकियो

images
२०८३ बैशाख २५ गते, शुक्रवार
२०८३ बैशाख २५ गते, शुक्रवार
  • काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व विहीन अवस्थामा रहेका प्रतिष्ठान र अस्पताल र स्वास्थ्य बीमा बोर्डमा अल्पकालीन नेतृत्व तोकेको छ।

    images

    स्वास्थ्य मन्त्री निशा मेहताले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नहुँदा सम्मका लागि निमित्त निर्देशक तथा प्रमुखहरु तोकेकी हुन्।

    images

    जसअनुसार मन्त्री मेहताले वीर अस्पतालको निमित्त निर्देशकमा प्रा. डा. प्रभा कोईरालालाई जिम्मेवारी दिएकी छिन्। उनी कार्डियोलिजिस्ट हुन्।

    यसैगरी मन्त्री मेहताले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. समिता पन्तलाई जिम्मेवारी दिएकी छिन्।

    यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नरेन्द्र विक्रम गुरुङलाई जिम्मेवारी दिइएको छ। यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह-प्रा.डा. विनम्र विष्ट र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान)मा सहप्रा.डा. इन्द्र लिम्बु तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ) मा सहप्रा.डा. सुरेश रसाइलीलाई जिम्मेवारी दिइएको छ।

    यसैगरी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर) मा डा. उमेश नेपाल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सह-प्रा. डा. रविन्द्रभक्त तिमला र स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी शकुन्तला प्रजापतिलाई दिइएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend