मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भारत तथा चीनलाई सरकारको ६ बुँदे कूटनीतिक नोट : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै

भारत तथा चीनलाई सरकारको ६ बुँदे कूटनीतिक नोट : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै

images
२०८३ बैशाख २० गते, आइतवार
२०८३ बैशाख २० गते, आइतवार
  • काठमाडौँ। नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा सरकारले भारत तथा चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः आफ्नो स्पष्ट अडान व्यक्त गरेको छ।

    images

    सो विषयका सम्बन्धमा आज परराष्ट्र मन्त्रालयले पुन: स्पष्ट पार्दै पत्र पठाएको हो। नेपाल सरकारले यसअघि पनि भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको थियो।

    images

    साथै, लिपुलेक क्षेत्र नेपाली भू–भाग रहेको विषयमा मित्रराष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराई सकिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

    सन् १८१६ को सुगौली सन्धिबाट नै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग रहेको मन्त्रालयले जनाएको छ।

    नेपाल र भारतबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप, ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा तथा प्रमाणका आधारमा सीमा समस्या समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend