मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रपतिले परामर्शपछि जारी गरे यी तीन अध्यादेश

राष्ट्रपतिले परामर्शपछि जारी गरे यी तीन अध्यादेश

images
२०८३ बैशाख १९ गते, शनिवार
२०८३ बैशाख १९ गते, शनिवार
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्।

    images

    नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम शनिबार ती अध्यादेशहरू जारी गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको हो। यसअघि सरकारले सिफारिस गरेका अध्यादेशका बारेमा राष्ट्रपति पौडेलले कानुनविदहरुसँग परामर्श गरेका थिए।

    images

    राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले 'स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३', 'सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३' र 'विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३' जारी गरेका हुन्।

    सरकाले संसद अधिवेशन रोकेर अध्यादेशको बाटो रोजेको भन्दै विपक्षी दलहरू भने विरोधमा छन्। संसद्को अधिवेशन नचलेको अवस्थामा सरकारले भने तत्काल आवश्यक ठानेका यी विषयहरूलाई कानुनी रूप दिन अध्यादेशको बाटो रोजिएको जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend