मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अब सवारी चालकले भर्चुअल लाइसेन्स देखाए पुग्ने : काठमाडौंबाट सुरुवात हुँदै

अब सवारी चालकले भर्चुअल लाइसेन्स देखाए पुग्ने : काठमाडौंबाट सुरुवात हुँदै

images
२०८१ आश्विन १८ गते, शुक्रवार
२०८१ आश्विन १८ गते, शुक्रवार
  • काठमाडौं । सरकारले ट्राफिक चेकजाँचका क्रममा सवारी चालकले भर्चुअल लाइसेन्स देखाए हुने गरी आवश्यक व्यवस्थापनका लागि तयारी थालिएको छ। यो व्यवस्था सुरुवातमा काठमाडौंबाट गरिने छ।

    images

    यो व्यवस्था लागू भएपछि ट्राफिक प्रहरीले सवारी चालकको नागरिक एपमा भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को क्यूआर कोड स्क्यान गरी आवश्यक प्रक्रिया अघि बढाउन पाउने छन्।

    images

    शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रममा ट्राफिक प्रहरीलाई सवारी चालकको नागरिक एपमा भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को क्यूआर कोड स्क्यान गर्ने डीभाइस प्रहरीलाई हस्तान्तरण गरिएको हो।

    कार्यक्रममार्फत सुरुवाती चरणमा ट्राफिक प्रहरीलाई १०४ थान डिभाइस उपलब्ध गराइएको छ। तर देशभर ट्राफिक प्रहरीलाई त्यस्ता तीन हजार डीभाइस आवश्यक पर्नेछ।

    नेपाल प्रहरीका प्रहरी महानीरिक्षक (आईजीपी) वसन्त कुँवरले ड्राइभिङ लाइसेन्सको क्यूआर कोड स्क्यान गर्न देशभर कूल तीन हजार डिभाइस आवश्यक पर्ने बताए। तत्कालका लागि भने परिक्षणका रुपमा काठमाडौंबाट यसको सुरुवात हुनेछ।

    ‘पूर्ण रूपमा भर्चुअल माध्यमबाट लाइसेन्सको नियमन गर्न ट्राफिक प्रहरीलाई कूल तीन हजार डीभाइसको आवश्यकता छ, तत्कालका लागि एक हजार सेट चाहिन्छ,’ प्रहरी महानीरिक्षक कुँवरले भने।

    सो डीभाइसको सहायताले ड्युटीमा खटिएका ट्राफिक प्रहरीले चालकको नागरिक एपमा भएको ड्राइभिङ लाइसेन्सको क्यूआर कोड स्क्यान गरी विवरण हेर्न सक्छन्। कारबाही गर्नुपर्ने अवस्थामा त्यही डिभाइसबाट कारबाहीको अनुरोध गर्न सकिने बताइएको छ । कारवाहीको अनुरोधपछि सो जानकारी चालकको मोबाइलमा पुग्छ।

    ट्राफिक प्रहरीले अब सो डीभाइसको ओरियन्टेसन ट्रेनिङ कार्यक्रम गरेर यथाशीघ्र सेवा सञ्चालनमा ल्याउने बताइएको छ।त्यसपछि डिजिटल सवारी चालक अनुमतिपत्रको व्यवस्थापन थप प्रभावकारी बन्ने विश्वास गरिएको छ।

    डीभाइस हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेपाल प्रहरीका एआईजीद्वय किरण बज्राचार्य र रामदत्त जोशी, डीआईजीद्वय दानबहादुर कार्की र भरतबहादुर बोहोरा, प्रधानमन्त्रीका आईटीविज्ञ अस्गर अली लगायतको उपस्थिति थियो।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend