बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

आज सरकारी अस्पताल बन्द नहुने, ओपीडी खुल्ने : चिकित्सक संघको विरोध

आज सरकारी अस्पताल बन्द नहुने, ओपीडी खुल्ने : चिकित्सक संघको विरोध

images
२०८३ बैशाख १८ गते, शुक्रवार
२०८३ बैशाख १८ गते, शुक्रवार
  • काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख १८ गते (आज) श्रमिक दिवस तथा बुद्ध जयन्तीका दिन देशभरका सबै सरकारी अस्पतालहरूलाई बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि देशभरका सरकारी अस्पताल आज खुला हुने भएका छन्।

    images

    वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेपछि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै शुक्रबार सेवा दिन सबै सरकारी अस्पतालहरुलाई निर्देशन दिएको थियो।

    images

    तर नेपाल चिकित्सक संघले भने श्रमिक दिवसका दिनमा अस्पताल खोल्ने र चिकित्सककाई बिदानदिने निर्णयको विरोध जनाएको छ। 

    स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा मन्त्रालयले सेवाग्राहीलाई बिदाका कारण स्वास्थ्य सेवा पाउन असुविधा नहोस् भन्ने उद्देश्यले अस्पताल खोल्ने निर्णय गरेको जनाइएको छ । 

    विज्ञप्तिमा तीन दिन लगातार सार्वजनिक बिदा परेकाले सरकारी अस्पतालहरूमा ओपीडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था देखिएको भनिएको छ।

    बिरामीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न मन्त्रालयले देशभरका सबै सरकारी अस्पतालहरूलाई ओपीडी सेवा सञ्चालन गर्न अनुरोध गरेको हो । 

    'सेवाग्राहीहरूलाई स्वास्थ्य सेवा प्राप्त गर्न कुनै असुविधा नहोस् भन्ने उद्देश्यले वैशाख १८ गते देशभरका सबै सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न सम्बन्धित सबै अस्पताल प्रशासनलाई अनुरोध गरिन्छ' मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    तर नेपाल चिकित्सक संघले मन्त्रालयको सो निर्देशनमा गम्भीर ध्यानाकर्षण भएको, निर्णय अब्यवहारिक र अवैज्ञानिक रहेको भन्दै फिर्ता लिन माग गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend