बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

शुक्रबार सरकारी अस्पताल बन्द नहुने, ओपीडी खुल्ने

शुक्रबार सरकारी अस्पताल बन्द नहुने, ओपीडी खुल्ने

images
२०८३ बैशाख १७ गते, बिहिवार
२०८३ बैशाख १७ गते, बिहिवार
  • काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि वैशाख १८ गते श्रमिक दिवस तथा बुद्ध जयन्तीका दिन देशभरका सबै सरकारी अस्पतालहरूलाई बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

    images

    वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेपछि मन्त्रालयले शुक्रबार सेवा दिन सबै सरकारी अस्पतालहरुलाई निर्देशन दिएको हो। 

    images

    मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा मन्त्रालयले सेवाग्राहीलाई बिदाका कारण स्वास्थ्य सेवा पाउन असुविधा नहोस् भन्ने उद्देश्यले यो निर्णय गरेको जनाएको छ । 

    विज्ञप्तिमा तीन दिन लगातार सार्वजनिक बिदा परेकाले सरकारी अस्पतालहरूमा ओपीडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था देखिएको भनिएको छ।

    बिरामीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न मन्त्रालयले भोलि १८ गते देशभरका सबै सरकारी अस्पतालहरूलाई ओपीडी सेवा सञ्चालन गर्न अनुरोध गरेको हो । 

    'सेवाग्राहीहरूलाई स्वास्थ्य सेवा प्राप्त गर्न कुनै असुविधा नहोस् भन्ने उद्देश्यले वैशाख १८ गते देशभरका सबै सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न सम्बन्धित सबै अस्पताल प्रशासनलाई अनुरोध गरिन्छ' मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend