मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

किताबखानाको सबै काम अब डिजिटल प्रणालीमा, निजामती विवरण अब अनलाइनमै

किताबखानाको सबै काम अब डिजिटल प्रणालीमा, निजामती विवरण अब अनलाइनमै

images
२०८३ बैशाख १६ गते, बुधवार
२०८३ बैशाख १६ गते, बुधवार
  • काठमाडौँ। निजामती सेवामा आबद्द कर्मचारीहरूले अब आफ्ना विवरण अनलाइनबाटै हेर्न तथा अद्यावधिक गर्न सक्ने भएका छन्। 

    images

    बुधवारबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताब खाना (निजामती) ले आफ्ना सबै सेवाहरूलाई अनलाइन प्रणालीमार्फत सुरु गरेको हो।

    images

    यो सेवा सुरु हुँदा अब निजामती सेवामा आबद्ध कर्मचारीहरु निजामती सम्बन्धि सेवाको कामका लागि भौतिक रुपमा कार्यालयमा नै उपस्थित हुनु पर्ने अवस्थाको अन्त्य हुनेछ। आजै सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले यो सेवाको कामकारबाही बारे प्रत्यक्ष अनुगमन गरेकी थिइन्।

    मन्त्री रावल आजदेखि पूर्ण रूपमा डिजिटल सेवा दिन सुरु गरेको किताब खानामा नै पुगेर सेवाको प्रत्यक्ष अनुगमन तथा अवलोकन गरेकी हुन्।

    अब देखि अनलाइन मार्फत सिट रोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक जस्ता सेवाहरू आफुव्रहेकै स्थानबाट लिन सकिने किताबखानाले जनाएको छ।

    अनुगमनपछि मन्त्री रावलले प्रविधिमैत्री सेवालाई अझ प्रभावकारी र गुनासोरहित बनाउन निर्देशन दिएकी छिन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend