मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आजको मन्त्रिपरिषद् बैठकले केके गर्यो निर्णय?

आजको मन्त्रिपरिषद् बैठकले केके गर्यो निर्णय?

images
२०८३ बैशाख ८ गते, मंगलवार
२०८३ बैशाख ८ गते, मंगलवार
  • काठमाडौँ। सरकारले मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकबाट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष नियुक्ति गर्नेदेखि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने सम्मको निर्णय गरेको छ।

    images

    मन्त्रिपरिषद् बैठकबाट सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य (प्युठान)लाई नियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमल्सिना जानकारी दिए।

    images

    यसैगरी समितिको सदस्यमा सिंखडा दाहाल (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर) लाई मनोनयन गरिएको छ।

    बैठकले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने तथा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।

    त्यसैगरी सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ। सो समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य तोकिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. तिमल्सिना जानकारी दिएका हुन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend