बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

२३ लाख लाख बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’

२३ लाख लाख बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’

images
२०८३ बैशाख ८ गते, मंगलवार
२०८३ बैशाख ८ गते, मंगलवार
  • काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बैशाख ६ र ७ गते सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत देशभर करिब २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ।

    images

    राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दुई दिन बालबालिकालाई भिटामिन ‘ए’ र २१ लाख बालबालिकालाई जुकाको औषधि खुवाइएको हो।

    images

    स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले करिब २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र २१ लाख बालबालिकालाई जुकाको औषधि खुवाइएको जानकारी दिए।

    यी दुई दिनमा आठ लाख बालबालिकालाई बालभिटा खुवाइएको छ।

    देशैभरका छ महिनादेखि देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि र छ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा खुवाइएको थियो।

    आँखाको दृष्टिलाई जोगाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, कुपोषण कम गर्ने र बालमृत्युदर घटाउने सरकारले बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाउने गरेको छ।

    राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिब ५० हजार जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा १५ हजार स्थानीय तहका स्वास्थ्यकर्मी खटिएका थिए।

    सरकारले हरेक आर्थिक वर्षको कात्तिक र वैशाखमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ सालदेखि र जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालदेखि सञ्चालन गर्दै आइरहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend