मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सीमावर्ती क्षेत्रमा १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा अनिवार्य भन्सार शुल्क बारे बोल्यो कांग्रेस

सीमावर्ती क्षेत्रमा १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा अनिवार्य भन्सार शुल्क बारे बोल्यो कांग्रेस

images
२०८३ बैशाख ६ गते, आइतवार
२०८३ बैशाख ६ गते, आइतवार
  • काठमाडौँ। नेपाली कांग्रेसले सीमावर्ती क्षेत्रहरूमा १०० रुपैयाँभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा अनिवार्य भन्सार शुल्क लिईरहेको घटनाप्रति आपत्ति जनाएको छ।

    images

    कांग्रेसले उक्त निर्णय तत्काल फिर्ता लिन वा व्यक्तिगत प्रयोगका वस्तुका लागि व्यवहारिक सीमा निर्धारण गर्न माग गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सो विषयमा नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

    images

    `यस्ता घटना वा सरकारी व्यवहारहरू जनविरोधी, अव्यवहारिक र असंवेदनशील मात्र होइन, वर्तमान आर्थिक संकटका बीच जनताको ढाड सेक्ने अर्को बोझ हो।´ कांग्रेसले भनेको छ, `खुला सीमाको अवस्थाका कारण सीमावर्ती क्षेत्रका नागरिकहरूले दैनिक उपभोग्य वस्तुहरू भारतबाट सस्तो मूल्यमा ल्याएर जीवन निर्वाह गर्दै आएका छन्। विशेषगरी मधेश प्रदेशका लाखौं सर्वसाधारण, ज्यालादारी मजदुर, साना किसान तथा निम्न आय भएका परिवार यस निर्णयबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।´

    कांग्रेसले डिजेलको मूल्य २३७ रुपैयाँ प्रतिलिटरजस्तो उच्च स्तरमा पुगेको अवस्थामा २००–३०० रुपैयाँको सानो खरिदमै अतिरिक्त शुल्क लगाउनु भनेको जनताको क्रयशक्ति कमजोर पार्नु मात्र होइन, गरिबीलाई संस्थागत गर्ने नीतिगत कदम रहेको पनि आरोप लगाएको छ।

    उक्त निर्णयले केही गम्भीर प्रश्नहरू समेत उठाएको भन्दै कांग्रेसले भनेको छ।

    `के राज्यले राजस्व वृद्धिको नाममा गरिबको भान्सामै कर लगाउन मिल्छ?, के सीमाबाट सानो परिमाणमा सामान ल्याउने नागरिकमाथि कडाइ गर्ने तर हवाई यात्रामार्फत ठूलो परिमाणमा वस्तु भित्र्याउनेलाई सहजता दिनु न्यायोचित हुन्छ?´

    यस प्रकारको नीतिले विशेषगरी मधेशका सीमावर्ती नागरिकहरूमा राज्यबाट भेदभाव भएको अनुभूति बढाएको, जुन राष्ट्रिय एकता र सामाजिक न्यायका लागि गम्भीर चुनौती बन्न सक्ने कांग्रेसको दाबी छ।

    सो सन्दर्भमा कांग्रेसले सरकारसँग निम्न मागहरू समेत प्रस्तुत गरेको छ।

    `उक्त निर्णय तत्काल फिर्ता लिइयोस् वा व्यक्तिगत प्रयोगका वस्तुका लागि व्यवहारिक सीमा निर्धारण गरियोस, खाद्यान्न, लत्ता-कपडा, तेल, साबुन जस्ता दैनिक उपभोग्य वस्तुमा भन्सार दर घटाइयोस् वा अस्थायी छुट दिइयोस्, मधेश प्रदेशका लागि कृषि, सिँचाइ तथा साना उद्योगमा लक्षित राहत प्याकेज र सब्सिडी लागू गरियोस्, इन्धन मूल्य नियन्त्रणका लागि पारदर्शी मूल्य निर्धारण प्रणाली लागू गर्दै गरिबमुखी क्रस–सब्सिडी नीति अवलम्बन गरियोस्, अल्पकालीन रूपमा भए पनि ईन्धन आयातमा विभिन्न शीर्षकमा लाग्ने कर तथा शुल्क घटाई तत्काल राहत प्रदान गरियोस्।´

    अगाडी भनिएको छ, `नेपाली कांग्रेस स्पष्ट रूपमा विश्वास गर्दछ— राजस्व संकलन राज्यको दायित्व हो, तर जनताको जीवन र जीवनस्तरको संरक्षण त्यो भन्दा ठूलो प्राथमिकता हो। जनताको दैनिक जीवनमा थप बोझ पार्ने कुनै पनि नीति स्वीकार्य हुन सक्दैन।´

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend