मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गान्धी फाउण्डेसनद्वारा डा.अधिकारीलाई मानार्थ विद्यावारिधी

गान्धी फाउण्डेसनद्वारा डा.अधिकारीलाई मानार्थ विद्यावारिधी

images
२०८३ बैशाख १ गते, मंगलवार
२०८३ बैशाख १ गते, मंगलवार
  • काठमाडौं। मानव अधिकार तथा शान्ति समाजका पूर्व सभापति डा.गगाधर अधिकारीलाई भारतको गान्धी ग्लोबल पीस फाउन्डेसनले मानार्थ विद्यावारिधिको उपाधी प्रदान गरेको छ।

    images

    अधिकारीले गान्धीय दर्शन, शान्ति र मानवतामा उल्लेखनीय योगदान पुर्याएको भन्दै डा. अधिकारीलाई सम्मान स्वरुप मानार्थ विद्यावारिधि दिएको हो। डा. अधिकारीको यो सम्मानले गान्धीय मूल्य, शान्ति र मानवताको क्षेत्रमा नेपालबाट भएका प्रयासहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने अपेक्षा गरिएको छ।

    images

    भारतको भुवनेश्वर, ओडिशामा अवस्थित महात्मा गान्धी ग्लोबल पीस फाउन्डेसन भारत सरकार अन्तर्गत सन् २०२४ मा दर्ता भएको अन्तर्राष्ट्रिय संस्था हो। जसले शान्ति, मानवता र गान्धीय दर्शनको प्रवद्र्धन गर्दै आएको छ।

    अधिकारीले सामाजिक गतिविधिहरूको प्रवर्द्धन, गान्धीय संस्कृति संरक्षण, मानवीय सेवा तथा राष्ट्र निर्माणमा ज्ञान विकासमा पुर्याएको योगदानलाई सम्मान गर्दै उपाधि दिइएको संस्थाले जनाएको छ। यो उपाधी शैक्षिक डिग्री भने नभएको पनि स्पष्ट पारेको छ। अधिकारीले यस अघि महेन्द्र संस्कृत विश्वविद्यालयबाट पिएडी गरिसकेका छन्।

    बागलुङको जैमिनी ८ छिस्तीमा जन्मिएका अधिकारी एक अनुभवी कूटनीतिज्ञ, मानवअधिकार अभियन्ता, शिक्षाविद्, कानुन व्यवसायी, लेखक तथा सामाजिक अभियन्ता हुन्।

    अधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकार, लोकतन्त्र, शान्ति र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका छन्।
    अधिकारी क्याम्ब्रिज इन्टरनेशनल कलेजका संस्थापक अध्यक्षको जिम्मेवारीमा छन्। अधिकारीले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको सदस्यका रुपमा पनि काम गरिसकेका छन्।

    डा. अधिकारीले लोकतान्त्रिक आन्दोलन, प्रेस स्वतन्त्रता, सामाजिक न्याय र मानवअधिकारका लागि निरन्तर संघर्ष गर्दै आएका छन्। उनको योगदानको कदरस्वरूप उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मान र पुरस्कार प्रदान गरिएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend