मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सरु संगीत राष्ट्रिय पुरस्कार-२०८३ मीरा राणालाई

सरु संगीत राष्ट्रिय पुरस्कार-२०८३ मीरा राणालाई

images
२०८३ आश्विन १० गते, शनिवार
२०८३ आश्विन १० गते, शनिवार
  • ललितपुर। सरु संगीत घरले यस वर्षको `सरु संगीत राष्ट्रिय पुरस्कार-२०८३´ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गरेको छ ।

    images

    नेपाली आधुनिक गीतसंगीतका क्षेत्रमा विगत ६ दशकदेखि पुर्याउँदै आएको योगदानको कदरस्वरूप राणालाई सो पुरस्कार प्रदान गरिएको हो। शनिबार ललितपुरको टीकाथलीमा आयोजित विशेष समारोहमा बरिष्ठ संगीतकार सीके रसाइलीले राणालाई दोसल्ला ओढाएर सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरे।

    images

    संगीतकार कोमल निरौलाको संयोजकत्वमा वरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई, लेखक डा.रत्नमणि नेपाल र सदस्यसचिव डेनी निरौलासहितको छनोट समितिले राणाको नाम सर्वसम्मत रूपमा पुरस्कारका लागि छनौट गरेको हो।

    सरु संगीत राष्ट्रिय पुरस्कार प्राप्त गर्ने राणा दोस्रो स्रष्टा हुन्। यसअघि २०८२ सालमा पहिलोपटक प्रसिद्ध लोकगायिका कविता आलेलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।

    पुरस्कारको राशि २५ हजार ५०५ रुपैयाँ छ। नेपाली गीत–संगीतमा विशिष्ट योगदान पुर्याएका ४० वर्ष उमेर पुगेका स्वदेश तथा विदेशमा रहेका नेपाली महिला संगित साधकमध्येबाट प्रत्येक वर्ष एक जनालाई पुरस्कार प्रदान गरिदै आएको छ। पुरस्कार स्थापनाका लागि पाँच लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरिएको छ।

    समारोहमा सरु संगीत घरका संस्थापक डेनी निरौलालले आफ्नी आमाको नाममा पुरस्कार कोष स्थापना गरी आमाको स्मरण र सम्मान गरिएको जानकारी दिए।

    स्वर्गीय सरस्वती निरौलाको स्मृतिमा उनका पति संगीतकार कोमल निरौला, इन्दिरा निरौला, छोरा संगीतकार डेनी निरौला, सविता नेपाल निरौला, संगीतकार भीषण निरौला, सिर्जना अधिकारी, छोरी गायिका झुमा निरौला र सविन भट्टराईको संयुक्त प्रयासमा २०८२ सालमा पुरस्कार स्थापना गरिएको हो।

    सरु संगीत घरको छैटौं वार्षिकोत्सवका अवसरमा आयोजित उक्त समारोहमा क्यान्सर पीडित लोक गायिका कोपिला गौतमलाई पनि १५ हजार ११५ नगदसहित सम्मान गरिएको थियो भने संगित घरका प्रशिक्षार्थी ध्रुव थापा लगायतलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो।

    कार्यक्रममा सम्मानित भएपछि आफ्नो अनुभव सुनाउँदै राणाले भनिन् ,`६१ वर्षदेखि मैले गित गाइरहेकी छु, ६१ वर्ष उमेर गएको थाहा नै पाइन।´

    उनले आफुले कहिल्यै पैसा लिएर गित गाउँछु भनेर संगित क्षेत्रमा नआएको पनि सुनाइन्। `लोक, आधुनिक, पप, शास्त्रीय लगायतको गित गाएँ, मैले कहिल्यै पैसा लिएर गित गाएको होइन, एकपटक शम्भुजित बाँस्कोटाले तीन हजार दिनुभएको थियो, त्यो बाहेक गित गाएको पैसा लिइन।´ 

    उनले आफू क्यान्सर रोगबाट लडेर आएको पनि सुनाइन्। `म पनि क्यान्सर लागेर उपचार गरेर निको भएर आएको हुँ, २०२० मा क्यान्सर लाग्यो, २०२१  मा बेलायत गएर शल्यक्रिया गरेर आएँ, क्यान्सर लाग्यो भन्ने सुन्ने बित्तिकै आत्मानै मरे जस्तो हुन्छ, तर त्यस्तो होइन रहेछ, ७५ वर्षको भएँ, अहिले ठिक छु।´ 

    उन्ले आफुले क्यान्सर पीडितहरुको उपचारका लागि कोष स्थापना गरेकोसमेत बताइन। उनले आफुले प्राप्त गरेको १ लाख पुरस्कार रकम विगतमा पनि उक्त कोषमा राखेको बताउँदै सरु संगित घरले प्रदान गरेको पुरस्कार रकमसमेत उक्त कोषमा नै जम्मा गर्ने बताइन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend