मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्री बालेनले राजदूतहरुसँग गरे सामुहिक छलफल

प्रधानमन्त्री बालेनले राजदूतहरुसँग गरे सामुहिक छलफल

images
२०८२ चैत्र २५ गते, बुधवार
२०८२ चैत्र २५ गते, बुधवार
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूतसँग सामूहिक छलफल गरेका छन्।

    images

    सरकार गठन भएपछि प्रधानमन्त्री शाहले पहिलोपटक बुधबार मध्याह्न सिंहदरबारमा विदेशी कूटनीतिज्ञसँग सामूहिक भेटवार्ता गरेका हुन्।

    images

    परराष्ट्रमन्त्री शिशिर खनालको समेत उपस्थिति रहेको सो छलफलमा प्रधानमन्त्री शाहले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको बताइएको छ।

    परराष्ट्र मन्त्रालयका अनुसार सरकारको आगामी कार्यदिशा र प्राथमिकताका विषयमा जानकारी दिने उद्देश्यले यो बैठक आयोजना गरिएको हो।

    छलफलका क्रममा सहभागी राजदूतले नयाँ सरकारको कार्ययोजना र प्राथमिकताका विषयमा चासो व्यक्त गरेका थिए।

    सो अवसरमा प्रधानमन्त्री शाहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

    उनले नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव निरन्तर रहने विश्वास समेत व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend