काठमाडौँ। प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल आजबाट औपचारिक रुपमा सभामुख बन्दै छन्।
सभामुख पदका लागि गत शुक्रबार उम्मेदवारी दर्ता हुँदा अर्यालको एकल उम्मेदवारी दर्ता भएको थियो। एकल उम्मेदवारी परेपछि उनी सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए।
संघीय संसद् सचिवालयका अनुसार आइतबार (आज) बाट अर्याल औपचारिक रुपमा सभामुख हुनेछन्। आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाबाट उनी औपचारिक रूपमा सभामुख चयन भएको घोषणा हुनेछ।
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सभामुख पदका लागि अर्यालको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भइसकेको र आजबाट औपचारिकता पाउने जानकारी दिए।



