बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

भक्तपुर औद्योगिक मेला हुँदै, लण्डन ब्रीज हेर्न पाइने

भक्तपुर औद्योगिक मेला हुँदै, लण्डन ब्रीज हेर्न पाइने

images
२०८२ चैत्र १८ गते, बुधवार
२०८२ चैत्र १८ गते, बुधवार
  • भक्तपुर। नयाँ वर्ष २०८३ तथा विस्का जात्राको अवसर पारेर भक्तपुरमा दशौँ ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ हुने भएको छ।

    images

    औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा चैत २६ गतेदेखि आगामी वैशाख ६ गतेसम्म भक्तपुरस्थित सल्लाघारीमा महोत्सव हुन लागेको हो। आयोजकले महोत्सव बारे बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएका हुन्।

    images

    भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको संयोजक दिपक थापाले जानकारी दिए। महोत्सवमार्फत उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउनुका साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।।

    १ सय ८० बढी स्टल

    महोत्सवमा १ सय ८० भन्दा बढी प्रदर्शनीकक्ष रहने आयोजक संस्थाका संयोजक थापाले जानकारी दिए। ती प्रदर्शनीकक्षमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्री बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ। साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिने छ।

    विशेष ‘लन्डन ब्रिज’

    महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’को प्रतिकृति (स्ट्याचु) राखिनेछ भने बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधनको व्यवस्था गरिनेछ। साथै विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको दैनिक सांगीतिक प्रस्तुति (विशेष कन्सर्ट) आयोजना गरिने जनाइएको छ।

    महोत्सवअन्तर्गत आगामी वैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकार सहभागी विशेष कन्सर्ट कार्यक्रम आयोजना हुने जनाइएको छ।

    दुई लाखले अवलोकन गर्ने अनुमान 

    आयोजक संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्नका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    महोत्सवमा पाँच करोडभन्दा बढीको आर्थिक कारोबार हुने र करिब दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ।

     

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend