मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बसपार्कका बिचौलियामाथि प्रहरीको आँखा, एकैदिन ४८ जना पक्राउ

बसपार्कका बिचौलियामाथि प्रहरीको आँखा, एकैदिन ४८ जना पक्राउ

images
२०८२ चैत्र १८ गते, बुधवार
२०८२ चैत्र १८ गते, बुधवार
  • काठमाडौँ। काठमाडौँबाट बाहिरिने विभिन्न नाकामा यात्रुलाई यातायातका साधनमा चढ्न भन्दै जबर्जस्ति तान्ने बिचौलियामाथि प्रहरीले निगरानी बढाएको छ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बुधबार एकैदिन काठमाडौँका विभिन्न स्थानबाट ४८ जनालाई पक्राउ गरेको हो।

    images

    परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जनालाई पक्राउ गरिएको जानकारी दिए। उनीहरुलाई नयाँ बसपार्क, कलङ्की र बल्खुबाट पक्राउ गरिएको भट्टराईले जानकारी दिएका हुन्।

    ती स्थानमा सञ्चलित टिकट काउन्टरमा आफूहरूले भनेको सवारी साधनमा यात्रा गर्नुपर्छ भनी सर्वसाधारणलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको उनको भनाइ छ।

    प्रहरीले गोङ्गबुस्थित नयाँ बसपार्कबाट पाँच, कलङ्कीबाट २४ र बल्खुबाट १९ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend