बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

अब वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाटै

अब वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाटै

images
२०८२ चैत्र १७ गते, मंगलवार
२०८२ चैत्र १७ गते, मंगलवार
  • काठमाडौँ। सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाटै गर्न पाइने ब्यवस्था गरेको छ।

    images

    यसअघि निजी अस्पतालबाट मात्र यो सेवा उपलब्ध हुँदै आएको थियो। नयाँ सरकार बनेपछि निजी अस्पतालको एकाधिकार तोड्दै यसअघि कायम रहँदै आएको ‘सिन्डिकेट’ अन्त्य गरिएको हो। सो निर्णय बारे मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ।

    images

    यो निर्णयपछि अब वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण नेपाल सरकारबाट स्वीकृति प्राप्त वा नेपाल सरकारको स्वामित्वमा रहेको स्वास्थ्य संस्थाबाट हुनेछ।

    तर त्यसका लागि ती स्वास्थ्य संस्थाले मन्त्रालयमा सूचीकरण गर्नु पर्ने विज्ञप्ति उल्लेख छ। सो प्रयोजनका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको मन्त्रालयले जनाएको छ।

    सीमित संस्थामार्फत मात्रै सेवा दिएपछि सरोकारवालाहरूले सिन्डिकेटको आरोप लाग्दै त्यसको अन्त्यको माग गर्दै आएका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend