काठमाडौं । सामसङ कम्पनीले बाढीले बिगारेका आफ्ना मोबाइलहरु निःशुल्क मर्मत गरिदिने भएको छ।
सामसङ नेपालले बाढीबाट प्रभावित ग्राहकको पीडालाई मध्यनजर गर्दै ‘फ्लड केयर नेपाल-२०२४’ अभियान घोषणा गरेको हो। सो अभियान अन्तर्गत सामसङले बाढीले बिगारेका उत्पादन निःशुल्क बनाइदिने छ।
सामसुङले ‘फ्लड केयर नेपाल-२०२४’ अभियानका लागि देशका विभिन्न ठाउँमा २७ सेवाकेन्द्र तोकेको छ। आफ्ना सर्भिस सेन्टरका रुपमा रहेका ती सेवाकेन्द्रबाट सेवाग्रहीलाई सामसङले आफ्ना मोबाइलहरुका लागि निशुःल्क मर्मत सेवा दिने छ।
‘हाम्रा मूल्यवान ग्राहकलाई सहयोग गर्न सामसुङले फ्लड केयर २०२४ अभियान सुरु गरेको छ, जहाँ हामीले पानीले क्षति पुगेका सामसङका उत्पादनहरूको मर्मत, सम्भार र पार्टपुर्जाहरू बिनाशुल्क उपलब्ध गराउनेछौं, यो सेवा वारेन्टी अवधिभित्र रहेका पानीबाट क्षतिग्रस्त सामसङ उत्पादनमा लागू हुन्छ।’ सामसङले भनेको छ।
ग्राहकहरूले नजिकैको सामसङ सेवा केन्द्रबाट १८ असोजदेखि २७ असोजसम्म यो सेवा लिन सक्ने छन्। त्यसका लगि उपभोक्ताहरूले आफ्नो समस्या २७ असोजसम्म दर्ता गर्न सक्ने छन्। त्यसका लागि सामसङले ९८०१५७२६६७ र १६६००१७२६६७ मा सम्पर्क गर्न सक्ने छन्।



